२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आश्रममाथि छानबिन सुरु

काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति अन्नपूर्णा आश्रममाथि छानबिन सुरु गरेको छ  । आश्रमले विधान केरमेट गरेर सदस्य शुल्क बढाएको, दर्ताबिनै अन्तर्राष्ट्रिय अन्नपूर्ण आश्रम सञ्चालन गरेको, नक्कली विद्यावारिधिको डिग्री प्रदान गरेको, सरकारका सचिवको हस्ताक्षर दुरुपयोग गरेको विषयमा उजुरी परेपछि प्रशासनले छानबिन थालेको हो  ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

‘उजुरीका आधारमा छानबिन सुरु भएको छ । कमजोरी भेटियो भने थप छानबिन गर्न प्रहरीलाई निर्देशन दिन्छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । समितिका सदस्य प्रशासनका कानुन अधिकृत तारानाथ शर्माले संस्थाले बदमासी गरेको केही तथ्य छानबिन क्रममा भेटिएको बताए । ‘केही दिनमै प्रतिवेदन बुझाउँछौं,’ उनले भने ।

प्रशासनमा प्राप्त उजुरीमा संस्थाको विधान केरमेट गरेर साधारण सदस्यको वार्षिक शुल्क एक सयलाई एक हजार एक सय, आजीवन सदस्य पाँच सयलाई पाँच हजार पाँच सय र यशस्कृत सदस्यको ११ हजार एक सय ११ लाई एक लाख ११ हजार एक सय ११ बनाएको उल्लेख छ । कान्तिपुरलाई प्राप्त संस्थाको विधानमा भने केरमेट गरिएको छैन ।

एक लाख रुपैयाँमा सदस्यता बनाएको भन्दै उजुरीकर्ताले रसिदसमेत पेस गरेका छन् । ‘त्यो रसिद त्रिवि परिसरमा सरस्वती मन्दिर बनाउन सहयोग उठाउँदा काटेको हो,’ आश्रमका अध्यक्ष जगदीश वैद्यले भने, ‘हाम्रोमा सदस्य बन्न पैसा तिर्नु पर्दैन ।’

प्रकाशित : मंसिर ६, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?