आरोहीको सम्झनामा हेल्थ पोस्ट भवन

ललितपुर — जापानी महिला सगरमाथा आरोही एइको हिसानोको सम्झनामा ललितपुरको घुसेलमा हेल्थ पोस्ट निर्माण गरिएको छ  । घुसेल माध्यमिक विद्यालयमा एकतल्ले भवन निर्माण भएको हो  ।

नेपालमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्न संकलित १८ लाख रुपैयाँ उनकी बहिनी आशामोरा रोयोकोले उक्त भवन निर्माणका लागि दिएकी थिइन् । हिसानोको भने निधन भइसकेको छ ।

भवनको तीन कोठामध्ये एउटामा हेल्थपोस्ट, अर्कोमा स्थानीय महिलाको सिप विकासका लागि सिलाइ प्रशिक्षण केन्द्र र एउटा कोठा स्थानीय समुदायको सभाकक्षका रूपमा प्रयोग गर्न लागिएको छ ।

प्रकाशित : मंसिर ६, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?