चोरीमा संलग्न समातिए

कान्तिपुर संवाददाता

काठमाडौं — महानगरीय प्रहरी वृत्त महाराजगन्जले चोरीको सामानसहित फरार अभियुक्तलाई पक्राउ गरेको छ  । काठमाडौं–३ तिलिंगेटारस्थित रोयल कम्प्लेक्स सिर्जन सर्टिङ एन्ड सुटिङ टेलरिङ सेन्टरमा चोरी फरार भएका बाजुरा गौमुल गाउँपालिका–२ दहकोटका २१ वर्षीय दिनेश विक पक्राउ परेका हुन्  ।

उनको साथबाट २५ हजार रुपैयाँ, साउदी रियाल १ दरका १ सय २६ थान, पाइन्ट १७ थान, कोट १६ थानलगायत सामग्री बरामद भएको छ।

प्रकाशित : मंसिर ६, २०७६ १९:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बङ्गलादेशमा सवारी दुर्घटना, कम्तीमा १० को मृत्यु

रासस/सिन्ह्वा

ढाका — बङ्गलादेशमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजधानी ढाकाबाट २७ किलोमिटर टाढा मुन्सिगञ्ज जिल्लामा एउटा माइक्रोबस विपरीत दिशाबाट आएको अर्को बससँग ठोक्किएर भएको दुर्घटनामा माइक्रोबसमा सवार १० जनाको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृतले सिन्ह्वालाई बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको स्थानीय प्रहरीले बताएको छ ।

प्रकाशित : मंसिर ६, २०७६ १८:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×