१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मिर्गौला पीडित पत्रकार गुरुङ पुरस्कृत

काठमाडौँ — पोखराका पत्रकार राजबहादुर गुरूङलाई ‘एभरेष्ट टाइम्स युके पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । बेलायतबाट प्रकाशित एभरेष्ट टाइम्स साप्ताहिकले पाँच लाख रुपैयाँ राशिको अक्षयकोष निर्माण गरी हरेक वर्ष नेपालमा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्दैआएको छ । 

मिर्गौला पीडित पत्रकार गुरुङ पुरस्कृत

बुधबार काठमाडौंमा आयोजित समारोहमा एभरेष्ट टाइम्स युकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्बाङ, नेपाल सम्पादक खिम घले र आदिवासी जनजाति पत्रकार महासंघ संघीय अध्यक्ष डण्ड गुरुङले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि ४० हजार रुपैयाँ रहेको छ । पोखरा कार्यथलो बनाएर अढाइ दशकदेखि पत्रकारितामा संलग्न गुरुङ अहिले मिर्गौला पीडित बनेका छन् ।


‘पत्रकारिता नशा बन्यो, साप्ताहिकबाट दैनिक पत्रिकाको आफैं सम्पादक, प्रकाशक, हकर भएर काम गरियो,’ पत्रकारिताबारे अनुभव सुनाउँदै उनले भने, ‘भोक प्यास सबै बिर्सिएर पत्रकारिता गरियो । मोटरसाइकलमा गाउँगाउँ डुलियो । अस्वस्थ हुँदा पेन किलर (दुखाइ कम गर्ने औषधि) खाइयो । पानी धेरै खानुपर्ने रहेछ । त्यही पेन किलरले मिर्गौला बिग्रियो ।’


उनले मिर्गौला प्रत्यारोपणको प्रक्रियामा रहेको र आफू स्वस्थ भएपछि पत्रकारिता र मिर्गौला पीडितको पक्षमा जनचेतना जगाउन लागीपर्ने बताए । ‘मिर्गौला प्रत्यारोपणका निम्ति प्रशासनिक झन्झट हुने रहेछ,’ पत्रकार गुरुङले भने, ‘मेरो मिर्गौलामात्र फेल भएको हो । अरु ठीक छु । म निको भएपछि पत्रकारितामै रहन्छु किने भने पत्रिकाको ऋण तिर्नुछ ।’

प्रकाशित : मंसिर ४, २०७६ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?