२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

काठमाडौंका ९ वटा वडा शौचालयविहीन

सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरपालिकामा ३२ वडा छन् । तीमध्ये ९ वडा सार्वजनिक शौचालयविहीन छ । २, ५, २१, २४, २५, २७, २९, ३० र ३१ वडामा एउटा पनि शौचालय छैन । 

काठमाडौंका ९ वटा वडा शौचालयविहीन

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले यस वर्ष १० वटा शौचालय बनाउन बजेट विनियोजन गरिसकेको बताए । ‘जग्गा उपलब्ध स्थानमा यसअघि नै शौचालय निर्माण गरिसकेकाले कतै बढी पनि छन्, कतै छैनन्,’ उनले भने ।


महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सहरमा निर्माण गरिने सार्वजनिक शौचालयको ढाँचा तयार पारिसकेको जानकारी गराए । ‘२० प्रकारका ढाँचामा डिजाइन तयार गरेका छौं, डिजाइनमा १५ लाखदेखि १ करोड रुपैयाँसम्म खर्च हुन्छ,’ उनले भने ।


ललितपुर महानगरपालिकामा पनि सार्वजनिक शौचालय पर्याप्त छैनन् । २९ वडामध्ये १२ वटामा शौचालय छैनन् । वडा नम्बर ६, ८, १४, १८, २१, २२, २३, २४, २५, २६, २८, २९ मा एउटा पनि सार्वजनिक बनेको छैन । बनेका शौचालय पनि वडामा जनप्रतिनिधि निर्वाचित हुनुअघिकै हुन् । ‘अहिले चारवटा सार्वजनिक शौचालयको काम सुरु भइसकेको छ,’ महानगरका प्रवक्ता राजु महर्जनले भने । महानगरपालिकाले ‘एक वडा, एक शौचालय’को नीति अघि सारेको छ ।


प्रकाशित : मंसिर ४, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?