२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

टुँडिखेलमा रोपियो खरीको रुख

अुकपाई टुँडिखेल 
दामोदर न्यौपाने

काठमाडौँ — टुँडिखेललाई अतिक्रमणमुक्त पार्न चलाइएको अकुपाई टुँडिखेल अन्तर्गत दोस्रो कार्यक्रम खरीको बोट रोपिएको छ । 

टुँडिखेलमा रोपियो खरीको रुख

राणा प्रधानमन्त्री चन्द्र शमशेरले दासमुक्त घोषणा यही खरीको बोटको चौतारोमा गरेकाले त्यसलाई पुनःस्थापना गर्ने कार्यक्रम अन्तर्गत खरीको बोट रोपिएको अभियानकर्ताले जनाएका छन् ।


टुँडिखेललाई सैनिक मञ्च बनाउने क्रममा २०२८ सालमा खरीको रुख काटिएको थियो भने चौतारो भत्काइएको थियो । वनस्पतिविद् तीर्थ श्रेष्ठका अनुसार टुँडिखेलमा दुई वटा खरीका बोट थिए । श्रेष्ठका अनुसार खरीको बोटमा कुमारी थान पनि हुने भएकाले यसलाई काटिंदैनथ्यो ।


टुँडिखेलको पूर्वोत्तर दिशामा रहेको सांस्कृतिक वृक्ष गुरुमार्पाकै छेउमा रोपिएको छ खरी । खरीको बोटको चौतारो भत्काएर अहिले सैनिक मञ्च बनाइएको छ । त्यही ठाउँमा रोप्न नसकेपनि सांकेतिक रुपमा पल्लो छेउमा रोपिएको अभियन्ता सुशन वैद्यले जानकारी दिए ।


चन्द्र शमशेरले यही चौताराबाट वि.सं १९८१ मा दासमुक्त घोषणा गरेका थिए ।

प्रकाशित : कार्तिक ३०, २०७६ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?