कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका ११ कार्यकर्ता पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द समूहका ११ कार्यकर्ता पक्राउ परेका छन् । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भू–भाग समेटेको विरोधमा प्रदर्शन गर्नेक्रममा उनीहरुलाई आइतबार माइतीघरबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका विरुद्ध उच्छृङ्खल गतिविधि गरेको आरोप छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।


विरोध प्रदर्शनका लागि काठमाडौंका ४ सरकारी स्कुलबाट बालबालिकासमेत लगिएको खुलेको छ । बालबालिकालाई प्रदर्शनमा लैजानेको खोजी भइरहेको डिएसपी बोगटीले बताए ।

प्रकाशित : कार्तिक २४, २०७६ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

अर्जुन शाह

सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन् । उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भएको छ । साथै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।

रावलले आफूमाथि लगाउन खोजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष तथा तथ्ययुक्त छानबिन सहजता र न्याय स्थापित होस् भन्ने आशयले राजीनामा दिएको प्रतिक्रिया जनाए ।

राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन् ।

प्रकाशित : कार्तिक २४, २०७६ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×