१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अन्तर्राष्ट्रिय मानवअधिकार सम्मेलनमा २५ देशका प्रतिनिधि: आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — आप्रवासी कामदारको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा २५ देशबाट सहभागी हुने राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगले कार्तिक २६ देखि २८ सम्म अन्तराष्ट्रिय सम्मेलन गर्दैछ ।

आयोगका आयुक्त सुदीप पाठकले सम्मेलनमा आप्रवासी व्यवस्थापन र अप्रवासी कामदारका अधिकार, उत्तरदायित्वपूर्ण तथा स्वस्थ्य भर्ना प्रक्रियाको अभ्यासलाई प्रोत्साहन, अवैधानिक अप्रवासन, कामदारलाई न्यायको लागि पहुँच पुर्‍याउने सुनिश्चिता र मानवअधिकार निकायबीच अन्तर समन्वयको विषयमा बृहत छलफल हुने बताए ।


सम्मेलनमा सरकार, मानवअधिकार आयोग, अन्तर्राष्ट्रिय समुदाय र सामाजिक संस्थाहरुको प्रतिनिधित्व रहनेछ । ‘सम्मेलनले कार्यायोजना सहितको काठमाडौं घोषणापत्र जारी गर्नेछ,' आयोगद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने ।


उनले कामदार लिने र दिने देशका सरोकारवालावीच छलफल हुने हुदाँ सम्मेलन निकै महत्वपूर्ण रहेको बताए । ‘नेपालबाहिर करिब ६० लाख नेपाली छन् । उनीहरुको मानवअधिकारको विषय निकै महत्वपूर्ण छ,' उनले भने, ‘कामदार लिने र दिनेबीच छलफलले आप्रवासनको व्यवस्थापन गर्न देखिएको चुनौतीको विषयमा छलफल हुनेछ ।


प्रकाशित : कार्तिक २१, २०७६ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?