सेनाको इतिहास स्मरण गराउने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले अब नेपाल एकीकरणदेखिको इतिहासलाई स्मरण गराउने भएको छ । 

सेनाले जंगी अड्डास्थित प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकक्षमा मंगलबार ‘नेपाल एकीकरण मार्ग कार्यक्रम’ सम्बन्धी प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा यसबारे जानकारी गराएको हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त कार्यक्रममा एकीकरण मार्ग कार्यक्रमसम्बन्धी हालसम्म भएका कार्यहरूको प्रगति र भावी योजनाको विषयमा प्रस्तुति गरिएको थियो । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार नेपालको इतिहासलाई स्मरण गराउनका लागि सेनाले अध्ययन गरी बाहिर ल्याउन लागिएको हो । एकीकरण मार्ग कार्यक्रमलाई व्यवस्थित ढंगले कार्यसम्पादन गर्ने उद्देश्यले तयार पारिएको ‘इतिहास संरक्षण एवं सम्वर्द्धन कार्यमा सेनाको सहभागितासम्बन्धी निर्देशिका–२०७६’ को समेत प्रस्तुति गरिएको सेनाले जनाएको छ ।

प्रकाशित : कार्तिक २०, २०७६ ०८:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विस्तार नगरी कालोपत्र

कान्तिपुर संवाददाता

ललितपुर — पटक–पटक अवरोध हुँदै आएको ढोलाहिटी–चापागाउँ सडकमा हालकै अवस्थामा कालोपत्र गरिने भएको छ । सडक विस्तार नगरीकन जस्ताको तस्तै कालोपत्रे गर्ने सहमति भएको सांसद राजकाजी महर्जनले जानकारी दिए । मंगलबार मन्त्रीस्तरीय बैठकमा ढोलाहिटी–लेले खण्डभित्र पर्ने सडकमा कालोपत्रे गर्ने निर्णय भएको उनले बताए ।

२०६९ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले सातदोबाटो–ढोलाहिटी १७.२ मिटर कायम गर्ने निर्णय गरेको थियो । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ मिटर नै कायम गर्न निर्देशन दियो । त्यसयताको विस्तारमा समस्या आउँदा अहिले सडकमा ठुल्ठूला खाल्डाखुल्डी बनेका छन् भने धुलोका कारण स्थानीय मारमा छन् ।

सरकारले कालोपत्रे गर्दागर्दै बीचमा घर तथा जग्गाको क्षतिपूर्ति दिएमा विस्तारित सडकमा अहिलेकै ठेकेदारले कालोपत्रे गर्ने पनि निर्णय भएको सांसद महर्जनले बताए । ‘अहिले कालोपत्रे गर्नका लागि ग्राभेल बिछ्याउने काम भइरहेको छ,’ उनले भने, ‘चाँडोभन्दा चाडो काम सक्ने गरी सहमति भएको छ ।’

सातदोबाटो–लेले सडकको मापदण्ड २२ मिटर छ । ढोलाहिटी–ठेचो ३.२ किमि सडक दिवा र शैलुङ कन्स्ट्रक्सन जेभीले २३ करोड ३१ लाख ४६ हजार रुपैयाँमा र ठेचो–चापागाउँ ४ किमि सडक कन्टेक कम्पनीले २६ करोड ७१ लाख ९३ हजारमा निर्माण गर्ने ठेक्का पाएका थिए ।

गत शुक्रबारमात्रै चापागाउँ, ठेचो र सुनाकोठी सडकखण्डको दुरवस्थाबारे स्थानीयले जनप्रतिनिधि र ठेकेदारप्रति आक्रोश पोखेका थिए । गएको जेठमा ठेचो, चापागाउँ र सुनाकोठीका बासिन्दा मिलेर पाँच दिन सडक ठप्प
पारेका थिए । त्योभन्दा अघि खुमलटारवासीले डिभिजन सडक कार्यालय ललितपुरमा तालाबन्दी नै गरे । सडक ठप्प पारेपछि ती क्षेत्रका सांसद र मेयरले दसैंभित्र कालोपत्रे गरिसक्ने लिखित प्रतिबद्धता जनाए पनि माग पूरा नहुँदा स्थानीय सडकको धुलोका कारण मारमा छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT