१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भक्तपुर क्षेत्र नं १ (क)मा नेकपाको उम्मेदवार ढकाल

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मंसिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार चयन गरेको छ ।

उक्त दलको भक्तपुर जिल्ला सचिव रहेका उनलाई सचिवालय बैठकले उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।


यसअघि जिल्ला कार्यसमितिले उम्मेदवार ढकालका साथै रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र महिलातर्फ नारायणी फुयाँलको नाम केन्द्रमा सिफारिस गरेको थियो ।


उनी पूर्वमाओवादी नेता हुन् । प्रदेशसभा सदस्यमा यसअघिको निर्वाचनमा उम्मेदवार ढकाल तात्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार थिए । यसैगरी सोही पदका लागि नेपाली कांग्रेसले पनि १० जनाको नाम सिफारिस गरेकामा आजसम्ममा उम्मेदवार चयन हुने सम्भावना रहेको बताइएको छ भने नेमकिपा र अन्य दलले अहिलेसम्म कसैको नाम पनि सार्वजनिक गरेका छैनन् ।

प्रकाशित : कार्तिक १८, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?