कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मन्त्रालयका चालकलाई ट्राफिक सचेतना

कान्तिपुर संवाददाता

काठमाडौं — महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृह मन्त्रालयकै सवारी चालक तथा इच्छुक व्यक्तिबाट ट्राफिक निमयसम्बन्धी सचेतना कक्षा सुरु गरेको छ  । महाशाखाले शुक्रबार मन्त्रालयका ३५ सवारी चालकलाई ट्राफिक नियम, कानुनी ज्ञान तथा मानवीय संवेदनाबारे कक्षा सञ्चालन गरेको छ  ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नेतृत्व सम्हाल्नेबित्तिकै सातवटा प्राथमिकताका योजना सार्वजनिक गरेका थिए ।


त्यसमध्ये ट्राफिक अनुशिक्षण र जनचेतनालाई विशिष्टीकरण गर्ने योजनासमेत थियो । ढकालले भने, ‘अब बाँकी मन्त्रालयका सवारी चालकलाई पनि प्रशिक्षण दिनेछौं ।’

प्रकाशित : कार्तिक १०, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?