१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गायक भिटेन पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — 'हामी यस्तै त हो नि ब्रो ...' बोलको र्‍याप गीत गाएर चर्चामा आएका 'भिटेन' भनिने समिर घिसिङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । 

गायक भिटेन पक्राउ 

चर्चामा रहेको उनको गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतको विषयवस्तु रहेको भन्दै उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । महाशाखाका एसएसपी सहकुल थापाले भिटेन पक्राउ परेको र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए ।


प्रहरीले केही दिनअघि मात्रै 'ह्याप्पी तिहार, चिसो बियर...' भन्दै गीत गाएका दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएर गीतबाट केही शब्द हटाउने सर्तमा छोडीदिएको थियो ।


प्रकाशित : कार्तिक ७, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?