कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तेस्रोपटक कलेजो प्रत्यारोपण

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालले तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा पाँच महिनाभित्र तेस्रो पटक कलेजो प्रत्यारोपण गरिएको हो । 

कलेजोको सिरोसिस भएका रुपन्देहीका ५८ वर्षीय व्यक्तिलाई उनका २७ वर्षीय छोराले कलेजो दिएका हुन् । करिब ८ घन्टा लगाएर गरिएको उक्त प्रत्यारोपणपछि बिरामी हाल आईसीयूमा स्थिर अवस्थामा छन् । तेस्रो प्रत्यारोपणमा समेत शिक्षण अस्पतालको प्रत्यारोपण टिमलाई भारत, दिल्लीस्थित फोर्टिस अस्पतालका डा. विवेक विजको टिमले सघाएको थियो ।


‘निरन्तर ३ वटा प्रत्यारोपण गर्दा बिस्तारै सिस्टम बस्न थालेको छ, अझै ८/१० वटा प्रत्यारोपणमा विदेशी विज्ञको सहयोग लिनेछौं,’ डा. भण्डारीले भने, वर्षमा १२ वटासम्म प्रत्यारोपण गर्ने लक्ष्य छ ।’ उनका अनुसार कलेजोको प्रत्यारोपणमा करिब २५ लाख रुपैयाँ खर्च हुन्छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विदेशी विशेषज्ञको सहयोगमा ३ वटा कलेजोको प्रत्यारोपण गरिसकेको छ ।


प्रकाशित : कार्तिक ५, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?