अनियन्त्रित कार रेष्टुरेन्ट छिर्‍यो

तस्बिर : इलिट जोशी

काठमाडौँ — ललितपुरमा कार अनियन्त्रित भइ रेष्टुरेन्ट भित्र छिरेको छ । सोमबार दिउँसो कुपन्डोलमा मुनिराज उपाध्यायले चलाएको प्रदेश ३ बिएए ३०६९ नम्बरको इलेक्ट्रिक कार अनियन्त्रित भइ एनपीपी फुड सर्भिस एन्ड बर्गर हाउस भित्र छिरेको हो । रेष्टुरेन्ट भित्र कार पस्दा कफि मेसिन र कम्प्युटरमा क्षति पुगेको छ। कार चालक सामान्य घाइते भएका छन् । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १६:३९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सीको सुरक्षामा घेरियो सडक (तस्बिरहरु)

तस्बिर : इलिट जोशी

काठमाडौँ — साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र चिनियाँ जनमुक्ति सेनाको फौज तैनाथ छ । केन्द्रीय सुरक्षा समिति, वरिष्ठ रथी शरदकुमार गिरीको नेतृत्वमा विशेष स‌ंयन्त्र, उपत्यका पृतनापति निरञ्जनकुमार श्रेष्ठको नेतृत्वमा विशेष सुरक्षा सेल, सेनाकै समन्वयमा विशेष सुरक्षा दल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा जिल्ला सुरक्षा समितिसहित सरकारले आवश्यक सुरक्षा व्यवस्थापनका लागि फरक-फरक जिम्मेवारी दिएर सुरक्षाकर्मीलाई फिल्डमा खटाएको छ । कार्केड सवारीका दायाँबायाँ हरेक १० देखि १५ मिटरको दूरीमा सुरक्षाकर्मीलाई सडकमा तैनाथ गराइएको छ ।


प्रकाशित : आश्विन २५, २०७६ १५:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्