३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेकपाको चियापान आज

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारूढ दल नेकपाले चाडपर्वहरूको अवसरमा शुभकामना आदानप्रदानका लागि बुधबार चियापान कार्यक्रम गर्दै छ । 

नेकपाको चियापान आज

राजधानीको भृकुटीमण्डपमा हुने चियापानमा १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई नेकपाले आमन्त्रण गरेको छ । त्यस्तै अपराह्न ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री, सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवा निवृत्त पदाधिकारीलगायतलाई आमन्त्रण गरेको छ ।


नेकपाले हरेक बर्ष बडादसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वका अवसरमा चियापान गर्दै आएको छ ।


प्रकाशित : आश्विन २९, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?