राष्ट्रपति भण्डारीको सम्मानमा द्यो ब्वोय्केगु

लीला श्रेष्ठ

भक्तपुर — राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा द्यो ब्वोय्केगु (नवदुर्गा देवता प्रर्दशन) आयोजना गरिएको छ । भक्तपुरको नवदुर्गा देवगण नाच पहिलोपटक आइतबार कोजाग्रत पूर्णिमाको अवसरमा द्यो ब्वोय्केगु गरिएको हो । 

राष्ट्रपति भण्डारीको सम्मानमा द्यो ब्वोय्केगु

बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको दर्शन, पुजा र प्रसाद ग्रहण गर्न आउने अवसर पारेर द्यो ब्वोय्केगु आयोजना गरिएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।


प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन राष्ट्र प्रमुख नवदुर्गा मन्दिरमा पुजाआजाको लागि आउने प्रचलन छ । सोही प्रचलन अनुसार कोजाग्रत पुर्णिमाको दिन दर्शनका लागि आउँदा राष्ट्र प्रमुखलाई द्यो ब्वोय्केगु कार्यक्रम गर्ने धेरै वर्षअघि देखिको प्रयास पुरा गरेको समितिका अध्यक्ष वृजेश बनमालाले बताए ।


यस्तै, नवदुर्गा भवानीको नाच व्यवस्थापन एवं मौलिक जात्रा संरक्षणका लागि ५२ लाख १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिने भएको छ ।


अक्षयकोषका लागि जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलालको संयोजकत्वमा १५ लाख र भक्तपुर उद्योग वाणिज्य संघको ५ लाख १५ हजार रुपैयाँ गरी कूल २० लाख १५ हजार रुपैयाँ नवदुर्गा देवगण तथा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।


अक्षयकोषको उक्त रकम राष्ट्रपति विद्यादेवी भण्डारीले श्री नवदुर्गा गण तथा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिन्। कोषका लागि समितिले ३२ लाख रुपैयाँ संकलन गरेको छ ।

प्रकाशित : आश्विन २६, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?