कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खुलामञ्च कालोपत्रे गर्न रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको मौका पारेर काठमाडौं महानगरपालिकाले खुलामञ्चमा गर्न लागेको कालोपत्रे सम्पदा संरक्षण अभियन्ताले भत्काइदिएका छन् । दसैंअघि कार्यालय खुल्ने अन्तिम दिन काठमाडौं भ्यु टावरका ठेकदार कम्पनीले काठमाडौं महानगरपालिकासँग मिलेर खुलामञ्चमा पिच गर्न लागेका थिए ।

खुलामञ्च कालोपत्रे गर्न रोक

‘दसैंको अघि कार्यालय सकिने अन्तिम दिन छापामार शैलीमा महानगरले भ्यु टावर निर्माण कम्पनीलाई खुलामञ्च कालोपत्रे गर्न कार्यदेश दिएको रहेछ,’ खुलामञ्च बचाउ अभियानका संयोजक सुसन वैद्यले भने, ‘ढलान गर्न छड हाली ढलान गर्न ठिक्क पारिएको रहेछ । हामीले बिहानैदेखि खुलामञ्चमा उपस्थित भई विरोध गरेका थियौं । त्यही भएर अहिलेलाई यो काम रोकिएको छ ।’


सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी, प्रहरी लगायतको उपस्थितिमा ढलान भत्काइएको थियो । ‘अभियन्ताबीच घम्साघम्सी भएको बेला ठेकेदारका तर्फबाट वकालत गर्न महानगरका प्रमुख धनपति सापकोटा, इन्जिनियर उत्तरकुमार रेग्मी लगायता खुलामञ्च आएका थिए,’ वैद्य भन्छन्, ‘स्थानीयवासीले कालोमोसो लगाउने चेतावनी दिएपछि दुवै जना त्यहाँबाट भागे ।’ घम्साघम्सी भएको एक घण्टापछि प्रहरीले नै खुलामञ्चमा लगाएको बार हटाएको थियो ।


प्रकाशित : आश्विन २४, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?