कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

रासस

काठमाडौँ — वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण आइतबार ६१ वर्षको उमेरमा निधन भएको छ ।

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उनी हाल न्यूज–२४ को समाचार प्रमुख थिए । उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका आचार्यको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।


पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उनका श्रीमती, एक छोरी छन् ।

प्रकाशित : आश्विन १९, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?