२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मापसे गरी बस चलाउने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — सुर्खेत चल्ने ना ५ ख १३२१ भाडा बसका चालक रोशन विक, काठमाडौं गौर चल्ने ना ५ ख ७३६९ नम्बरका चालक शिवराज गिरी, काठमाडौं बाग्लुङ चल्ने बा ३ ख ९०६० भाडा बसका चालक रितेश नेपाली, काठमाडौं–बाग्लुङ चल्ने बा ३ ख ७३१४ माइक्रोबसका चालक पुष्पराज वाग्लेलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले मदिरा सेवन गरी उपत्यकाबाट यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले बताए ।


दसैंमा गाउँ फर्कन लागेका सर्वसाधारणलाई सरकारले निर्धारण गरेको भन्दा बढी भाडा लिएर टिकट काट्ने थप जनालाई प्रहरीले पक्राउ परेको छ । बुधबार ९ जनालाई पक्राउ गरेको थियो । महाशाखाबाट खटिएका सादा पोसाकका प्रहरीले उनीहरूलाई चाबहिल र कोटेश्वरस्थित टिकट काउन्टरबाट नियन्त्रणमा लिएको हो ।


महाशाखाका प्रमुख भीम ढकालका अनुसार बिहीबार सुनौलो इन्द्रेणी यातायातका पूर्णप्रसाद शिवाकोटी र उदयपुर यातायातका वीरबहादुर चौलागाईं लाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशाला र कोटेश्वर प्रभागमा बुझाइएको ढकालले बताए ।

प्रकाशित : आश्विन १७, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?