३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पुनर्निर्माणमा सहयोग जुटाउन पदयात्रा

प्रशान्त माली

काठमाडौँ — भीमसेन मन्दिर पुनर्निर्माणमा लागि पदयात्राको आयोजना गरिएको छ । मन्दिर पुनर्निर्माण गर्न गठिन भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार १४ किमीको दुरीको पदयात्राको आयोजना गरेको थियो ।

पुनर्निर्माणमा सहयोग जुटाउन पदयात्रा

भूकम्पले क्षतिग्रस्त पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनर्निर्माण समयमै सम्पन्न गर्नका लागि समितिले पदयात्राको आयोजना गरेको थियो । पदयात्रामा सहभागी हुनेहरुलाई प्रतिव्यक्ति रजिष्ट्रेशन शुल्क बापत ५ सय रुपैयाँ लिइएको थियो ।


भीमसेन नेवारहरुको व्यापारीको आराध्य देवता हुन् । मन्दिर पुनर्निर्माण भारत सरकारले निर्माण गर्ने भनेतापनि चासो नदेखाएपछि ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षतामा समिति गठन गरिएको थियो । ‘हाम्रो सम्पदा, हामी आफै बनाऔं’ भन्ने नाराका साथ आयोजित पदयात्रामा शनिबार १० लाख रुपैयाँ जम्मा भएको समितिले जनाएको छ ।


भीमसेन मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्न पनि पदयात्रा आयोजना गरिएको बताए । पदयात्राको सुरुवात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका थिए ।


मंगलबजारबाट सुरु पदयात्रा ग्वार्को– सिद्धिपुर– हरिसिद्धि– धापाखेल– ठेचो– बुङमती हुँदै खोकनामा पुगेर टुंगिएको थियो ।

प्रकाशित : आश्विन ५, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?