कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालकोटमा रहेको कपास उद्योगमा आगलागी, २५ लाख क्षतिको अनुमान 

लीला श्रेष्ठ

भक्तपुर — सूर्यविनायक नगरपालिका २ बालकोट सागबारीमा रहेको कपास उद्योगमा आगलागी भएको छ । आइतबार बिहान करिब ५ बजे सुरू भएको आगो स्थानीय, प्रहरीले करिब पौने ३ घण्टामा निभाएका भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले बताए ।

बालकोटमा रहेको कपास उद्योगमा आगलागी, २५ लाख क्षतिको अनुमान 

उनका अनुसार भोजपुर सडान्नद नगरपालिका-४ दिङ्लाकी सरिता चौंलागाईंले ४ वर्षदेखि सञ्चालन गरेको मनकामना कपास उधोगमा आगलागी भएको हो । आगलागीबाट उद्योग पू्र्णरुपमा क्षति भएको छ । प्रहरी प्रमुख प्रधानले आगलागीबाट करिब २५ लाख क्षति भएको अनुमान गरिएको बताए ।


आगो निभाउन भक्तपुर, ललितपुर र काठमाडौंका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका थिए । आगो निभाउने क्रममा प्रहरी जवान श्यामप्रसाद त्रिपाठी घाइते भएका छन् । घाइते त्रिपाठीको समिट अस्पताल लोकन्थलीमा उपचार भइरहेको प्रहरी प्रमुख प्रधानले बताए ।




प्रकाशित : आश्विन ५, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?