१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चोरीका मोटरसाइकलसहित ७ पक्राउ 

भक्तपुर — महानगरीय प्रहरी वृत्त थिमिले चोरीको मोटरसाइकल सहित ७ जनालाई पक्राउ गरेको छ । 

चोरीका मोटरसाइकलसहित ७ पक्राउ 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल, जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बलेफी गाउँपालिका–३ का २२ वर्षीय प्रकाश बहादुर तामाङ, भक्तपुर चाँगुनारायण–१ दुवाकोट बेंसीका २३ वर्षीय सुजन गुरुङ, १९ वर्षीय दिपक अर्याल र २३ वर्षीय सुजन थापा छन् ।


प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीका ३ वटा मोटरसाइकल बरामद गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

प्रकाशित : आश्विन ४, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?