कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

नेमकिपाको महाधिवेशन सुरु

भक्तपुर — नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सातौं महाधिवेशन शुक्रबार सुरु भएको छ । भक्तपुरको सल्लाघारी चौरमा जारी महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्ताबेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । २०३१ सालमा पार्टी स्थापना भएदेखि हालसम्म नारायणमान बिजुक्छे अध्यक्ष हुँदै आएका छन् । महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले देशको अर्थतन्त्र परनिर्भर हुँदै गएको गुनासो गरे । 

नेमकिपाको महाधिवेशन सुरु

‘कृषि, उद्योग, पर्यटन, रोजगारी उत्पादन लगायतमा हामी परनिर्भर हुँदै छौं,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यसमेत माफियाको हातमा पुग्दै छन् ।’ सरकारले विदेशी पुँजीकै इसारामा विकास निर्माणलाई अलपत्र पारेको उनले आरोप लगाए । ‘७० लाख युवा विदेश पठाउने नीति ल्याउने, लाखौं विदेशी ज्वाइँ र भान्जाभान्जी परिवारलाई नागरिकता दिन लगाउने नीतिमा हस्ताक्षर गर्ने राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू देशद्रोही हुन्,’ उनले भने ।

प्रकाशित : आश्विन ४, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?