कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

इन्द्रजात्रामा पक्राउ परेका १० जनालाई अभद्र व्यवहार मुद्दा

काठमाडौँ — इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका ६९ जनामध्ये १० जनालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाउने भएको छ । ५१ जना भने रिहा भएका छन् । 

अनिल बस्नेत, नारायण अर्याल, हरिनायारणप्रसाद शाह, राजेश तामाङ, रघुराज राजभण्डारी, माधव गुरागाईं, कृष्ण खड्का, पारुहाङ उजुमी राई, कविरसिंह बस्नेत र रविन्द्र कार्की प्रहरी हिरासतमा छन् । १० जनामध्ये ४ जनालाई सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ । रिटको सुनुवाई गर्दै सर्वोच्चले पक्राउ परेकालाई ३ दिनभित्र अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश दिएको छ । अन्य ६ जनालाई बिहीबार बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएको सम्पदा संरक्षण अभियन्ता सिर्जना वाग्लेले जानकारी दिइन् ।


इन्द्रजात्राको अवसरमा कुमारी रथयात्राको दिन कुमारी दर्शन गर्न गएकी राष्ट्रपति भण्डारीलाई गत मंगलबार उनीहरुले कालो झन्डा देखाएका थिए । सरकारले गुठी विधेयक ल्याएर धर्म संस्कृति मास्न लागेकाले इन्द्रजात्रामा कुनै पनि सरकारी पदाधिकारीले प्रवेश नदिने भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

प्रकाशित : आश्विन २, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?