१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रासस

काठमाडौँ — काठमाडौँ महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वयम्भूको अन्नपूर्ण चोकमा बा३ख १८३३ नंको यात्रुवाहक बसले ठक्कर दिँदा बा९८प २७१५ नंका चालक सानोभर्‌याङ निवासी २० वर्षीय सम्मान भट्टको मंगलबार राति मृत्यु भएको हो ।


महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले दुर्घटनामा गम्भीर घाइते भट्टको वनस्थली ढुङ्गेधारामा रहेको साइबाबा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।


दुर्घटनामा संलग्न बसका चालक नुवाकोट तारकेश्वरका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको सुवेदीले बताए।


मृतकको शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पठाइएको वृत्तले जनाएको छ ।

प्रकाशित : आश्विन १, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?