मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

रासस

काठमाडौँ — मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनकी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा सोमबार राति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।

केही समयदेखि मुटुरोगको उपचार गराइरहनुभएकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । स्वर्गीय रेग्मीका तीन छोरा र चार छोरी छन् । उनको पार्थिव शरीरलाई राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?