कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सञ्चालनमा आयो सार्वजनिक विद्युतीय बस

तस्बिर : केशव थापा

काठमाडौँ — उपत्यकामा सोमबारबाट सार्वजनिक विद्युतीय बस सञ्चालनमा आएको छ । विद्युतीय बस सञ्चालन गर्ने कम्पनी सुन्दर यातायातले आफ्ना सावरीसाधनका लागि गत भदौ १७ गते विद्युतीय चार्जिङ स्टेसन बनाएपछि आजबाट सर्वसाधारणका लागि यातायात सुचारु गरेको हो ।

सञ्चालनमा आयो सार्वजनिक विद्युतीय बस
सञ्चालनमा आयो सार्वजनिक विद्युतीय बस

विद्युतीय बसको पाँच रुटहरूमा चक्रपथ परिक्रमा, नारायणथान-जावलाखेल-मेडिसिटी अस्पताल, गोंगबु-सामाखुसी-गौशाला-कोटेश्वर-सल्लाघारी, ढुंगेअड्डा-कलंकी-त्रिपुरेश्वर-वीर अस्पताल-जमल-कृष्णपाउरोटी-रातोपुल-गौशाला-चाबहिल-बौद्ध-अत्तरखेल र सूर्यविनायक-कोटेश्वर-बानेश्वर-वीर अस्पताल-जमलसम्म रहेका छन् ।यात्रुले यो बसमा यात्रा गर्दा कार्ड, ई-सेवा, प्रभु पे, खल्ती, आईएमई पेमेन्ट गेट वे तथा नगदबाट पनि भाडा तिर्न सक्ने छन् । नगद भाडाका लागि सहचालकलाई नोट दिने र उक्त नोट बराबर सहचालकले दिएको सिक्का बक्समा राख्नुपर्ने छ ।

सञ्चालनमा आयो सार्वजनिक विद्युतीय बस

विद्युतीय बसको भाडा १५ देखि २० प्रतिशत सस्तो गराउने पहल गरिरहेको सुन्दर यातायातले जनाएको छ । कम्पनीको २१५ रुपैयाँको कार्ड खरिद गर्दा यात्रीले २६५ रुपैयाँ बराबरको यात्रा गर्न सकिने छ ।यी सवारीसाधन महँगा छन् । डिजेलको गाडी ४० लाख रुपैयाँमा सुविधा सम्पन्न गाडी आउँछ । त्यस्तै विद्युतीय बसका लागि १ करोड ६२ लाख खर्च गर्नुपर्छ । विद्युतीय गाडीले पनि ६ वर्षभित्र सम्पूर्ण खर्च उठाउन सक्छ । विद्युतीय बसले दैनिक ७ सय रुपैयाँ खपत गर्छ र यसको मेकानिकल खर्च पनि सस्तो छ । डिजेल गाडीको इन्जिनमा बढी खर्च हुन्छ तर यसमा इन्जिन नै हुँदैन । त्यसैले कम खर्च हुन्छ । चार्जिङ स्टेसन हाल निर्माण भएको चार्जिङ स्टेसनबाट एकैपटक दुई गाडी चार्ज गर्न मिल्ने कम्पनीका इन्जिनियर तिलक गिरीले बताए । अहिले जडान भएको १२० किलोवाटको सुपर चार्जिङ मेसिन हो ।

सञ्चालनमा आयो सार्वजनिक विद्युतीय बस

गाडीमा २० प्रतिशत चार्ज भएमा ८० मिनेटभित्र फुल चार्ज हुन्छ । तर ब्याट्री डाउन भएको खण्डमा त्योभन्दा बढी समय लाग्ने उनले बताए । गाडीको ब्याट्री १५० वाटको छ भने ३० किलोवाटको चार्जिङ मेसिनले चार्ज गर्दा ५ देखि ६ घण्टा लाग्छ । त्यस्तै ६० किलोवाटको मेसिनले २ घण्टा ३० मिनेट र १२० किलोवाटको मेसिनले चार्ज गर्दा ८० मिनेट समय लाग्छ ।६ देखि ४४८ भोल्टसम्म काम लाग्छ । हाल निर्माण भएका चार्जिङ मेसिनले जुनसुकै विद्युतीय बस चार्ज गर्न मिल्छ । तर जर्मन स्टाइलमा आउने गाडी भने चार्ज गर्न नमिल्ने इन्जिनियर गिरीले बताए । उक्त चार्जिङ स्टेसनमा आकस्मिक आइपर्ने समस्याका लागि फाएर हाइड्रेन्ट, बुट (आगोमा लगाउन मिल्ने), आगो निभाउन उपयोग हुने केमिकल, हेल्मेट, बालुवा राखिएको छ ।

सञ्चालनमा आयो सार्वजनिक विद्युतीय बस

एउटा सार्वजिनक चार्जिङ स्टेसन निर्माण गर्न ७० लाख रुपैयाँ खर्च लाग्छ । यी सबै चार्जिङ मेसिनबाट एसी र डीसी आउटपुटको सुविधा छ । गाडी धनीले चार्जिङ मेसिनबाट ब्याट्री बिग्रिने चिन्ता लिनु नपर्ने उनले बताए । डिजिटल प्रविधिका चार्जिङ मेसिन भएकाले जति चार्ज गर्नुछ त्यति नै युनिट तोकेर चार्ज गर्न मिल्ने सुविधा छ ।मेसिनको माथिल्लो भागमा चार्ज पनि देखाइन्छ । जसले पहिले कति र अहिले कति छ भन्ने थाहा पाउन सकिन्छ । कम्पनीका अनुसार हाल प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय बस चार्ज गर्ने व्यवस्था मिलाइएको छ ।

सञ्चालनमा आयो सार्वजनिक विद्युतीय बस

प्राधिकरणबाट थ्री फेज लाइन विद्युत् लिइएको छ । सार्वजनिक रूपमा चल्ने अन्य यातायातका लागि भने स्वीकृति लिएपछि मात्रै चार रुपैयाँ ८० पैसासम्म लिन सकिने उनले बताए । विद्युतीय बस कम्पनीले ल्याएको विद्युतीय बसभित्र आकर्षक र सुविधायुक्त बनावटको छ । हाल नेपालको सडकमा गुड्ने बसमा अगाडिको भागलाई नै महत्त्व दिइन्छ र सिटको व्यवस्थापन पनि त्यसैगरी हुने गरेको छ । सुन्दर यातायातले ल्याएको बसमा अगाडिका सिट होचो र पछाडिको सिट अग्लो छ ।


प्रकाशित : भाद्र २३, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?