२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ल्होज्याङको अध्यक्षमा पुन: योगन्द्र

काठमाडौँ — तामाङ सहायता समाज (ल्होज्याङ) को अध्यक्षमा पुन: योगेन्द्रजंग रुम्बा तामाङ निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए । 

ल्होज्याङको अध्यक्षमा पुन: योगन्द्र

शनिबार काठमाडौंमा भएको १६ औं साधारणसभाबाट रुम्बाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा शेरबहादुर तामाङ रुम्बा, महासचिवमा राजेन्द्रकुमार रुम्बा, सचिवमा सानुमाया लामा र कोषाध्यक्ष रामगोपाल तामाङ सर्वसम्मत छनोट भएको ल्होज्याङले जनाएको छ ।


यसैगरी सदस्यहरुमा रविन्द्र मोक्तान, अम्बिर तामाङ, वीरबहादुर तामाङ, गीता लामा, राम लामा ग्लान र जीतबहादुर तामाङ चयन भए ।


कार्यक्रममा प्रतिनिधिसभा सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । साथै ल्होज्याङ प्रमुख सल्लाहकार तथा समाजका पूर्वअध्यक्ष नरेन्द्रबहादुर तामाङलाई र संस्थाका सदस्यहरुका यस वर्ष एसईईमा सफल विद्यार्थीलाई सम्मान गरिएको थियो ।




प्रकाशित : भाद्र २१, २०७६ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?