१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

१५९औं पटक रक्तदान

काठमाडौँ — नेपालमा रगत दिनेमा कीर्तिमानी राख्ने प्रेमसागर कर्माचार्यले शनिबार दमौलीमा १५९औं पटक रक्तदान गरेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज तनहुँ, समाधान अस्पताल र जागौं युवा नेपालको आयोजनामा दमौलीमा रक्तदान कार्यक्रम गरिएको हो ।


काठमाडौं बागबजार घर भएका कर्माचार्यले उपत्यकाबाहिर म्याग्दी, दोलखा, दाङ, कैलाली, कास्की, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लामा पुगेर रक्तदान गरिसकेका छन् ।


सर्वसाधारणमा रक्तदान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न आफूले निरन्तर रक्तदान गर्दै आएको उनले बताए । ‘१८ वर्ष उमेर कटेपछि मानिस रक्तदान गर्न सबल हुन्छ,’ उनले भने, ‘रक्तदान गर्दा स्वास्थ्यमा कुनै समस्या हुँदैन भन्ने सन्देश दिन जिल्ला जिल्लामा गएर रक्तदान गर्ने गरेको छु ।’


रक्तदाता कर्माचार्य नेपाल स्वंयसेवी रक्तदाता समाज नेपालका अध्यक्षसमेत हुन् । शनिबार नै रक्तदान कार्यक्रममा बेसींसहरका सुरेश वज्राचार्यले ३२ औं पटक रक्तदान गरे । रक्तदान मानव जीवनको महान् दान भएकाले रक्तदानमा सहभागी हुनु सराहनीय कार्य भएको सांसद कलिला खानले बताइन् ।

प्रकाशित : भाद्र १७, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?