कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चक्रपथ विस्तार गर्दा रूख काट्न लागिएकोमा विरोध

सीमा तामाङ

काठमाडौँ — चक्रपथ विस्तारका क्रममा रूख नकाट्न माग गर्दै बिहीबार प्रदर्शन गरिएको छ । सरकारले कलंकी–चाबहिल खण्डको चक्रपथ विस्तार गर्न २ हजार ५७ रूख काट्नु पर्ने औंल्याएपछि स्थानीय सरोकारवाला प्रदर्शनमा उत्रिएका हुन् ।

चक्रपथ विस्तार गर्दा रूख काट्न लागिएकोमा विरोध

जनमुखी विकास आजको माग भन्दै बिहीबार साँझ विभिन्न संघ संस्थाले सोल्टी दोबाटो चोक युद्ध कवज व्यारेक अगाडि पर्चा, पम्पलेट र व्यानरका साथ रूख काटन् नदिने भन्दै विरोध गरे ।


सहभागीले हरियो वन नेपालीको धन, अर्को कोटेश्वर कलंकी किन चाहियो, हरित लेन सुनिश्चित गर, ईआए रिपोर्ट सार्वनिक गर नारा लेखिएका प्लेकार्ड, पम्पलेट बोकेका थिए । साइकलिस्ट कमला पुनले रिङरोडमा रहेको सबै रूख काटेर सरकारले वातावरण बिगार्न लागेको आरोप लगाइन् । 'बिरूवा रोपेर हुर्किन समय लाग्छ' उनले भनिन्, 'सरकार रूख रोप्न नलागेर काट्न लागेको छ । रूख बचाएर पनि सडक विस्तार गर्न सकिन्छ ।'


चक्रपथ विस्तारको पहिलो चरणमा कोटेश्वर–कलंकी खण्ड सरकारलाई हस्तान्तरण गर्दा सडक सवारी साधनमैत्री बनेको थियो । त्यसैले पहिलेकै समस्या नदोहोरियोस् र रूख नकाटी सडक विस्तार गरियोस् भनी अभियान सुरू गरेको सौरभ ढकालले बताए । ‘सडक सवारी साधन र मानवमैत्री हुनुपर्छ,’ उनले भने, ‘पहिलो चरणमा निर्माण भएको सडक सवारी साधनमैत्री मात्र छ ।’ आयोजनाले डिजाइन नै सार्वजनिक नगरी रूख काट्न थालेको भन्दै उनले आपत्ति जनाए ।


तस्बिर : सन्जोग मानन्धर

प्रकाशित : भाद्र १२, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?