तीजमा वृद्धवृद्धालाई सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — तीज पर्वका अवसरमा एभरेष्ट बैंक लिमिटेडले तिनकुनेस्थित निसहाय सेवा सदनमा रहेका वृद्धवृद्धालाई लत्ताकपडा तथा खाद्यान्न वितरण गरेको छ । सेवा सदनको बृद्धाश्रममा ३८ जना वृद्धवृद्धा रहेका छन् ।

तीज पर्वका अवसरमा सामाजिक सद्‌भाव र सदासयता दर्शाउन सेवासदनमा रहेका वरिष्ठ नागरिकलाई सहयोग गरिएको एभरेस्ट बैंक, प्रदेश ३ का मुख्य प्रबन्धक विष्णु ज्ञवालीले जानकारी दिए ।


प्रकाशित : भाद्र १२, २०७६ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्

अपहरण तथा शरीर बन्धक मुद्दामा पूर्वसांसद गुप्तासहित ५ जनालाई १० वर्ष कैद 

कृष्ण ज्ञवाली

काठमाडौँ — उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्ता लगायत ५ जना विरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको इजलासले गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको हो ।

यही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरुलो अपहरण तथा शरीर बन्धक बनाउने प्रयास गरेको मात्रै ठहर गरेको थियो। त्यही कसुरमा उनीहरुलाई साढे ३ वर्षका दरले कैद सजाय हुने फैसलालाई उच्च अदालतले उल्ट्याएको हो।

गुप्ता २०६८ माघमाव्यापारी पवनकुमार संघाईको अपहरणको मुख्य योजनाकार र फिरौतीबापत ८५ लाख रुपैयाँ लिने अभियुक्त हुन्।

सात वर्ष जेल सजाय तोकिएका गुप्ता ३ वर्ष ६ महिनामा नै जेलमुक्त भए। उनको बाँकी ३ वर्ष ६ महिना कैद सजाय मिनाह भएको हो।

पूर्वसांसद गुप्ता तत्कालीन सद्भावना पार्टीका नेता थिए।

प्रकाशित : भाद्र १२, २०७६ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्