कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यार्थीलाई चिनियाँ झोला

गणेश राई

काठमाडौँ — चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसनले नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला र स्टेसनरी प्रदान गरेको छ । फाउन्डेसनका डिपुटी डाइरेक्टर वाङ जुनले मंगलबार आयोजित समारोहमा ३ सय १३ विद्यार्थीलाई झोला प्रदान गरेका हुन् । 

विद्यार्थीलाई चिनियाँ झोला

उक्त फाउन्डेसनले २०७२ को भूकम्पपछि नेपालमा आपतकालीन उद्धार, राहत वितरण र पुनःस्थापनामा काम गर्दै आएको छ । ‘विद्यार्थीलाई झोला र केही सहयोगी सामग्री बाँडेर फाउन्डेसनको चौथो वार्षिकोत्सवका मनाउन पाउँदा खुसी लागेको छ,’ डिपुटी डाइरेक्टर वाङले भने, ‘चार वर्षमा हामीले २ लाख ९२ हजार ३ सय जनालाई लाभ दिलाउन सकेकोमा हामी आभारी छौं । मायाको कुनै सीमा हुँदैन भविष्यमा सहयोग गर्ने विश्वास राख्दछौं ।’


यो विद्यालय देशकै पहिलो केन्द्रीय बहिरा मावि हो । प्राचार्य उपेन्द्र पराजुलीका अनुसार पूर्वप्राथमिकदेखि कक्षा १० सम्म ३ सय १३ विद्यार्थी पढ्छन् । त्यसमध्यै १ सय ५२ जना छात्रा छन् । देशको ७७ वटै जिल्लाका बहिरा विद्यार्थीहरुलाई पढाइरहेका प्राचार्य पराजुलीले बताए । उनका अनुसार विद्यार्थीहरु काठमाडौं उपत्यकाको तीन जिल्लाका विभिन्न ठाउँमा डेरामा बसेर पढ्न आउने गरेका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?