कुरकुरे उद्योगमा आगलागी

कान्तिपुर संवाददाता

ललितपुर — गोदावारी नगरपालिका-१३ स्थित गुराय फुडमा आगलागी भएको छ । आगलागीका कारण उद्योग पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

प्रतिकात्मक तस्बिर

मंगलबार बिहान ११ बजे लागेको आगो दिउँसो ४ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत चापागाउँका डीएसपी रामकृष्ण सापकोटाले जानकारी दिए।

उद्योगले कुरकुरे उत्पादन गर्दै आएको प्रहरीले जनाएको छ।

प्रकाशित : भाद्र ३, २०७६ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा प्रदेश २ का अध्यक्ष साहले दिए पदबाट राजीनामा  

श्यामसुन्दर शशि

(जनकपुर ) — जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै सत्तारुढ नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष साहले मंगलबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

फाइल तस्बिर

पार्टी एकीकरणको लामो समयपछि नेताहरुको जिम्मेवारी बाँडफाट गरिएयता उनी असन्तुष्ट बनेका थिए। नेकपाका एक नेताका अनुसार पार्टी स्थायी कमिटीमा उनको नाम नअटाएपछि उनी झन् रुष्ट बनेका थिए।

नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेलले पार्टीका केन्द्रीय नेतृत्वका कारण अन्य पदाधिकारीहरुले पनि समस्या भोगिरहेको प्रतिक्रिया जनाए। सचिव प्याकुरेलले अध्यक्ष साहका गुनासाहरु संम्बोधन हुने र उनले राजीनामा फिर्ता लिने विश्वास व्यक्त गरे।
कान्तिपुरसँगको फोन सम्पर्कमा प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले आफूले राजीनामा दिएको स्वीकार गरेका छन्। उनले भने, 'पार्टीभित्र गंजागोलको स्थिति सिर्जना भएको छ। प्रदेश २ कमिटीमा विद्यमान समस्या समाधान गर्न केन्द्रीय नेतृत्वले सहजीकरण गर्न चाहेनन्। बाध्य भएर राजीनामा गरेको हुँ।'

नेकपा प्रदेश २ का ईन्चार्ज सत्यनारायण मण्डलले साहको राजीनामाबारे आफूलाई थाहा नभएको बताए।

प्रकाशित : भाद्र ३, २०७६ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्