अशोकवृक्षमा कम्प्लेक्सको तयारी, विहार जोगाउन आन्दोलन

दामोदर न्यौपाने

काठमाडौँ — असनको अशोकवृक्ष विहार जोगाउन स्थानीयवासी, सम्पदा संरक्षण अभियन्तालगायत आन्दोलनमा उत्रिएका छन् । गुठी संस्थानले विहार भत्काएर कम्पलेक्स बनाउन लागेपछि उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । ५ सय वर्ष पुरानो विहार नमास्न माग गर्दै दुई महिनादेखि हस्ताक्षर अभियानसमेत सञ्चालन भइरहेको छ ।

यसलाई जोगाउन जनमत तयार गर्न भक्तपुर, टोखालगायतका स्थानमा समेत हस्ताक्षर अभियान सञ्चालन गरेको विहारका सञ्जीव बज्राचार्यले जानकारी दिए ।

शुक्रबार बिहानदेखि असनमा हस्ताक्षर कार्यक्रम आयोजना गरेका थिए । ‘संकलति हस्ताक्षरसहित ज्ञापनपत्र गुठीलार्ई बुझाउँछौं,’ बज्राचार्य भन्छन्, ‘हामीले यसअघि पठाएका कुनै पनि पत्रको संस्थानले सम्बोधन गरेको छैन । हुलाकमार्फत् समेत पत्र पठाएका थियौं । तर सुनुवाइ भएन ।’ पुस्तौंदेखि देखि १४ परिवारले रेखदेख, भोगचलन र संरक्षण गर्दै आएको सम्पदा हो यो । गुठी संस्थानले यसको भोगचलन गर्न १४ परिवारसँग सम्झौतासमेत गर्दै आएको छ । १४ परिवारसँग करार कायम रहेकै बेला यसलार्ई भत्काएर अर्को व्यावसायिक भवन बनाउन अर्को कम्पनीसँग सम्झौता गरेको छ । ‘यो सम्झौता खारेज हुनुपर्छ,’ बज्राचार्य भन्छन्, ‘नत्र हाम्रो आन्दोलन रोकिँदैन ।’

५ सय वर्षदेखि असनको बज्राचार्य परिवारको रेखदेख हुँदै आएको थियो यो विहार । मल्लकालमा बनेको मानिन्छ यो । बनेयता पटकपटकको भुइँचालोले विहार भत्काइदिएको थियो । भत्काएपछि बनाउने काम यिनै बज्राचार्य परिवारले गर्दै आएका छन् । विहारका सञ्जीव बज्राचार्यका अनुसार विहार १८८५ को भुइँचालोले भत्कायो । भत्काएपछि त्यसको पुनर्निर्माण बज्राचार्य परिवारले गर्‍यो । १९९० सालको भुइँचालोले पनि विहार भत्कायो । भत्काएपछि बज्राचार्य परिवारले पुनर्निर्माण गर्‍यो ।

२०७२ सालको भुइँचालोले भने विहारलार्ई केही गरेन । ‘भत्काएको भए पनि हामी नै बनाउँथ्यौं,’ बज्राचार्य भन्छन्, ‘यसैगरी ५ सय वर्षदेखि हामीले चलाउँदै आएको विहार हो यो । अहिले मास्न खोजिँदै छ ।’ गुठी संस्थानले भने यो घरमा विहार र बुद्ध भएको आफ्नो अभिलेखमा नभएको जनाएको छ । ‘त्यहाँ बुद्ध भएको हामीलार्ई थाहा थिएन,’ संस्थानका प्रवक्ता सरोज थपलिया भन्छन्, ‘घरको बाहिर चैत्य छ । त्यसको संरक्षण गर्छौं । तर अहिले कोही विहार भएको भन्छन् । कोही कुथुननी भएको भन्छन् । एक पछि अर्को नयाँ नाम आएका छन् ।’ संस्थानले गुठीको सम्पत्ति कब्जा भएको सूचीमा राख्ने गरेको यस्तो विवाद भएका ठाउँलार्ई । ‘गुठीका सम्पत्ति यस्ता धेरै ठाउँमा कब्जा भएका छन्,’ थपलिया भन्छन्, ‘यस्तै कारण गुठीले आफ्ना सम्पत्ति धेरै ठाउँमा स्याहार्न सकेको छैन ।’ पुरातत्त्व विभागले पनि यो विहार कम्तीमा ५ सय वर्ष पुरानो भएको प्रमाणित गरिसकेको छ । विहारसम्बन्धी समाचार सार्वजनिक भएपछि विभागले पुरातत्त्व अधिकृत प्रकाश खडकालार्ई अध्ययन गर्न पठाएको थियो । खडकाले विहारमा भएको अमिताभ बुद्धको मूर्तिको प्रकृति हेर्दा कम्तीमा ५ सय वर्ष पुरानो भएको प्रतिवेदन दिएका थिए ।

असन चोकमै छ विहार । भुइँतलाको उत्तरतिरको एउटा कोठा पूजाका लागि छुट्याइएको छ । विहारमा अमिताभ बुद्ध राखिएको छ । यहाँ नित्यपूजा हुन्छ । पूजाका लागि छुट्टै गुठी छ । ५ जनाको गुठीले पूजा सञ्चालन गर्दै आएको छ । फुलातार मानन्धरलगायतले सञ्चालन गर्दै आएका छन् पञ्चदान गुठी । ‘अमिताभ बुद्ध ५ सय वर्ष पुरानो मानिएको छ,’ बज्राचार्य भन्छन्, ‘बुद्ध जति पुरानो हो, यो विहार पनि त्यति नै पुरानो हो ।’ विहार भत्काएर बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्राइभेट लिमिटेडलार्ई व्यावसायिक भवन बनाउन दिने सम्झौता गरेको हो । यसका लागि गुठी संस्थान, बज्रयोगिनी र श्रीवायुदेवता गुठीबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा गुठी संस्थानका तर्फबाट प्रशासक नारायण चौधरी, बज्रयोगिनीका तर्फबाट निर्देशक राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) र वायु देवता गुठीका तर्फबाट लीलाविक्रम शाहले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार भवन निर्माण दुई वर्षमा सम्पन्न गर्ने र २५ वर्षसम्म चलाउने पाउने छ । वर्षमा ८ लाख ६० हजार रुपैया भाडा गुठी संस्थानलार्ई बुझाउने सहमति भएको छ ।

एउटा भुइँतलाको एउटा कोठाबाहेक अरू १४ परिवारले भोगचलन गरेको छ । १४ मध्ये तीन परिवार यहीं बस्छन् । तीनतले विहारमा १२ कोठा छन् । ११ परिवारले पसल सञ्चालन गरिएका छन् । ३ परिवार यहीं बस्छन् । अरू परिवार बाहिरबाट बसेर यहाँ पसल सञ्चालन गर्छन् । पसल सञ्चालन गरेबापत् उनीहरूले गुठी संस्थानलार्ई भूबहाल तिर्दै आएका छन् । परापूर्वकालदेखि प्रयोग गर्दै आएको विहार रणबहादुर शाहको पालामा आएर भूवहाल तिर्नुपर्ने भएको थियो । नेवारको स्वामित्वमा भएको विहार रणबहादुरले हडपे । हडपेर त्यहाँ वायु गुठी सञ्चालन गरे । वायु गुठी दरबार ठेउला आएर मृत्यु हुनेका लागि पूजा गर्न स्थापना गरिएको थियो । ‘हाम्रा पुर्खाका गौरव हुन् यी विहार,’ बज्राचार्य भन्छन्, ‘आफ्नै विहार । उल्टै पैसा बुझाउँदै आए हाम्रा पुर्खाले । पुर्खाले बनाएका सम्पदामा हामीले पनि बहाल तिरिरहेका छौं । धर्म रक्षाका बुझाएका हौं बहाला ।’ विसं १९५७ देखि सुरु भएको हो भूबहाल तिर्न । त्यतिबेला वर्षमा ५० रुपैयाँ तिरको रसिद छ उनीहरूसँग । ‘सरकारको वायु देवता गुठीलार्ई भूबहाल बुझाएका रहेछन्,’ बज्राचार्य भन्छन्, ‘हडपेर पनि भोगचलन तिमीहरू नै गर भनेर दिएका रहेछन् ।’

वायु गुठीको स्वामित्वमा गएपछि पनि विहार भुइँचालोले क्षतिग्रस्त बनायो । क्षतिग्रस्त भएको विहार बनाइदिन ‘छे भँडेल’ लार्ई भन्न गए बज्राचार्य परिवार । छे भडेँलले सरकारले नबनाउनले जानकारी दिए । ‘तिमीहरूले भोगचलन गरेको तिमीहरू नै बनाउ भनिदिएछन्,’ बज्राचार्य भन्छन्, ‘तिमीहरूको सन्तान, दरसन्तानले प्रयोग गर्ने भएकाले बनाउने दायित्व पनि हामीलार्ई नै दिएका थिए । यो आदेश कमान्डर इन चिफमार्फत दिएका थिए ।’ गुठी संस्थानले पछिल्लो सम्झौता २०७० फागुन १ गतेखि लागू हुने गरिगरेको थियो । त्यतिबेलाको सम्झौताअनुसार प्रतिमहिना ५ हजारको भाडा तिर्ने सहमति भएको थियो । चौध परिवारसँगै अलगअलग सम्झौता गरेको छ गुठीले । वर्षमा ७ लाख ८० हजार रुपैयाँ गुठीलार्ई बुझाउने गरेको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण १९, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकाको टेक्सासमा गोली चल्यो, कम्तीमा २० को मृत्यु, २६ घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको टेक्सास सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एल पासो सहरको सिएलो भिस्टा मल नजिकको वालमार्ट स्टोरमा बन्दुकधारीले आक्रमण गरेको हो । 

घटनामा संलग्न भएको आशंकामा एक २१ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले लेखेको छ। प्रहरीका अनुसार पक्राउ परेका पैट्रिक क्रुसिएस नामका ती व्यक्ति डालास क्षेत्रका बासिन्दा भएको बताइएको छ।

टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमै खतरनाक घटना भएको बताएका छन् ।

घटनास्थल अमेरिका र मेक्सिको क्षेत्र सीमा नजिक पर्छ।

प्रकाशित : श्रावण १९, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्