कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पहिलो जापान-नेपाल चिकित्सा सम्मेलन

अतुल मिश्र

काठमाडौँ — ‘स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न जापान–नेपालमैत्री’, नारासहित पहिलो जापान-नेपाल चिकित्सा सम्मेलन शनिबार सम्पन्न भएको छ । जापानी दूतावासको सहयोगमा जापान ग्राजुवेटड मेडिकल डक्टर्स (जाग्राम) ले आयोजना गरेको सम्मेलनमा जापानमा चिकित्साशास्त्र अध्ययन गरी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत डाक्टर र जापानबाट आएका चिकित्सकको सहभागिता छ ।

पहिलो जापान-नेपाल चिकित्सा सम्मेलन

जापानमा अध्ययन गरेका डाक्टरहरुले नेपालको चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्‍याइरहेको जापानी राजदूत मासामिची साइगोले सम्मेलनको उद्घाटन गर्दै बताए ।


क्षयरोग नियन्त्रणमा नेपाल–जापानको सहयोगबारे सम्मेलनमा डा.यासुहिको सुजुकीले प्रकाश पारेका थिए । यस्तै सम्मेलनमा डा.ओसामु नाकागोमी, डा.हिरोटोमो यामानासी, डा.युको टाकेडा, डा.इको कानेडा, डा.साओरी कासिमा, डा.तोयको नाकागोमी, डा.जिम्वा मासामिनेले समेत स्वास्थ्यका विभिन्न विषयमा प्रस्तुति दिएका थिए ।


जापानमा अध्ययन गरेका डाक्टरहरु वसन्त पन्त, रामेश्वर पोखरेल, नारायणबहादुर बस्नेत, धान्सु केसी, अमित खनाल, वासुदेव पाण्डे, प्रकाश रेग्मी, गोपी अर्याल, योगेन्द्रप्रसाद सिंह, निर्मल पन्थी, मुख्तार आलम अन्सारी, नविन बस्नेत, मिलन गौतम, विमल पन्थी, मनोज बोहरा, प्रविण श्रेष्ठ लगायतका नेपाली चिकित्सकहरुले स्वास्थ्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : श्रावण १८, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?