जुवातास खेल्ने १६ पक्राउ

रासस

भक्तपुर — प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । 

जुवाखालबाट प्रहरीले नगद एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।


त्यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ६७ हजार ८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरेको सबैलाई प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको पोखरेलले बताए ।

प्रकाशित : श्रावण ४, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?