परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान

रासस

भक्तपुर — परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पतीले आफ्ना शरीरका विभिन्न अंग मृत्युपपछि जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गरेको छ । 

शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले अंगदानको घोषणा गरे । ज्ञवाली दम्पतीले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा दान दिने मन्जुरिनामामा हस्ताक्षर गर्‍यो ।

कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नै स्रोत साधन सीमित रहँदाको अवस्थामा पनि बिरामीका लागि सक्दो सहयोग गर्न सरकार लागिरहेको बताए । अब उपचारका लागि पैसा नभएर ज्यान जानुपर्ने अवस्था नरहने बताउँदै उनले स्वास्थ्य बीमामार्फत रु एक लाखसम्मको औषधोपचारका लागि सरकार जानकारी दिए । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंगदान गर्ने कानूनी व्यवस्था रहे पनि चेतनाको अभावका कारण हुन नसकिरहेको बताए । उनले कानुन बनेको दुई वर्षमा ३ जनाबाट मात्रै अंग लिएर ६ जनालाई मिर्गौला र एकजनालाई कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए ।

सो अवसरमा परराष्ट्रमन्त्रीकी धर्मपत्नी सरस्वती ज्ञवाली, परराष्ट्र मन्त्रालयका अधिकृत टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्व अध्यक्ष सुरेश न्यौपाने, वर्तमान अध्यक्ष मिलन सुवाल, मानव अंक प्रत्यारोपण केन्द्रका डा. रबि भूषण सुवाल लगायत १४ जनाले पनि अंगदानको घोषणा गरेका थिए ।

प्रकाशित : श्रावण ३, २०७६ १९:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

देउवा सिरहाका बाढी र डुबान पीडित क्षेत्रमा

भरत जर्घामगर

(सिरहा) — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिरहाका बाढी र डुबान क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् । पूर्वप्रधानमन्त्री देउवा, सिरहाका पार्टी सभापति रामचन्द्र यादव, सांसद चित्रलेखा यादवसहितको टोलीले जिल्लाको बन्दीपुर, कमलाको बाढीले बढी डुबान गरेको सिरहा नगरपालिका ६ स्थित बसबिट्टा, माडर र औरही गाउँपालिका २ तुल्सीपुर क्षेत्रको अवलोकन गरेको थियो ।

बसबिट्टास्थित बाँध भत्काएर कमला खोलाको बाढी पसेको स्थान र कमला खोलामैं पुगेर कमला नदीको उनले अवलोकन गरे । सिँचाइँका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेको ३ वटा कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोड्दा लगातारको वर्षाबाट कमला खोलाको बाढी गाउँमा पसेको थियो । लगातारको वर्षाबाट बाँध भत्काएर कमला खोलाको बाढी पसेपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरीया लगायत दर्जनौं गाउँ डुबानमा परेका थिए । बाढी र डुबानबाट सबैभन्दा बढी क्षति सिरहा नगरपालिकाका १२, ६, १७, ३, १३ वडा र कल्याणपुर नगरपालिकाको १२ वडा बढीपीडित छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अविरल वर्षाका कारण सिरहामा ५ हजार २० घर पूर्णरुपमा क्षति पुगेको छ । त्यसैगरी ९ हजार ६२ घरमा आंशिक क्षति र २६ सय ३१ परिवार बाढी र डुबानबाट विस्थापित भएका छन् । बाढीमा सिरहामा ५ जनाको मृत्यु भएको थियो । सरकारका मन्त्रीहरु हेलिकप्टर चढेर आकाशबाटै अवलोकन गरेर फर्किएपछि गुनासो बढिरहेका बेला प्रदेश २ का बाढीपीडित जिल्लाका गाउँ गाउँमा पुगेका कांग्रेस सभापति देउवाले बाढीपीडित परिवारलाई यहाँका जनताका दुःख दर्द समेटेर संसद्‌मा सरकारसँग कडा माग राख्ने आश्वासन दिए ।

‘बाँध कटान र डुबानबाट धैरै नै क्षति, नोक्सान पुर्‍याएको छ’ अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री देउवाले भने ‘यहाँका जनताका दुःख दर्द समेटेर घर नहुनेलाई घर, बास नहुनेलाई बासको व्यवस्थाका लागि सरकारसँग माग राख्छौं ।’

प्रदेश २ का दाजुभाइहरुले पनि यस्तो झरी पानी कहिल्यैं नदेखेको आफूलाई सुनाएको बताउँदै उनले सरकारका मन्त्रीहरुले भनेजस्तो यो मानव निर्मित गल्ती नभई बाढी पहिरो प्राकृतिक प्रकोप भएको बताए । ‘डुबान हुनुमा भारततर्फ ठाउँ ठाउँमा बाँध निर्माणले नोक्सान भएको सुनिन्छ’ पूर्वप्रधानमन्त्री देउवाले भने ‘बाँधका बारेमा भारतसँग कूटनीतिक वार्ता, सल्लाह गरेर अगाडि बढ्नुपर्छ ।’

प्रकाशित : श्रावण ३, २०७६ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×