मूलपानीमा पर्खाल भत्किँदा तीनको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका-६, मूलपानीको बाबोचोकस्थित एक घरको पर्खाल लडेर घर छेवैको अस्थायी टहरामा बसेका तीनको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक बालक रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दका अनुसार मृत्यु हुनेमा स्थानीय क्षेत्रमा सिरकडसना बनाउने काममा संग्लन ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादव रहेका छन्।

प्रकाशित : असार २७, २०७६ १६:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिंहदरबारको पर्खाल भत्कियो

तस्बिर : कविन अधिकारी

काठमाडौँ — निरन्तरको वर्षाका कारण सिंहदरबारको पूर्वी गेट नजिकैको पर्खाल भत्किएको छ । सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीका अनुसार तीस मिटर जति पर्खाल भत्किँदा एकजना सामान्य घाइते भएका छन् । उनले भत्केको पर्खालको भाग सडक पेटीमा मात्रै खसेकाले यातायात भने अवरुद्ध नभएको बताए । पर्खाल भित्रपट्टी रहेको माटोको थुप्रो सडकमा खस्न सक्ने भएकाले अहिले डोजर लगाएर माटो हटाउने काम भइरहको छ ।


प्रकाशित : असार २७, २०७६ १६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×