कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कागेश्वरीका संरचना भत्काउन सूचना

काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिकाले सडक विस्तारका लागि आआफ्नो घरटहरा भत्काउन सार्वजनिक सूचना जारी गरेको छ ।

सडक सीमाभित्र पर्ने घर तथा संरचना भत्काउन मंगलबार नगरवासीमा आग्रह गरेको छ । चाबहिल–साँखु सडक विस्तार आयोजनाअन्तर्गत दक्षिणढोका–साँखु सडक खण्डभित्र पर्ने १ सय २४ जग्गाधनीलाई घर भत्काउन आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।


उक्त नगरपालिकाको वडा ४, ५ र ६ मा पर्ने थली, डाँछी, मूलपानी, दक्षिणढोकाजस्ता क्षेत्रका घरधनीमध्ये अधिकांशले क्षतिपूर्ति बुझे पनि अझैसम्म सडक सीमाभित्र पर्ने संरचना भत्काएका छैनन् ।


उक्त क्षेत्रमा ६ वर्षदेखि ४५ वर्षसम्मका पुराना घर छन् । जसलाई प्राधिकरणले क्षतिपूर्ति दिए पनि भत्काइएको छैन ।

प्रकाशित : असार २७, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?