२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भक्तपुरमा महिलाको हत्या

लिला श्रेष्ठ

भक्तपुर — भक्तपुरमा आइतबार दिउँसो एक महिलाको घाँटी रेटी हत्या भएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटी बाँसघारीस्थित ६० वर्षीया सावित्रा भट्टराईको दिउँसो घरमा बसिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए । 

भक्तपुरमा महिलाको हत्या

सिन्धुपाल्चोकको इन्द्रवाती गाउँपालिका–५ की स्थायी वासिन्दा रहेकी भट्टराई आफ्नो छोरी ज्वाईको घरमा बस्दै आएकी थिइन् ।


घटनास्थलमा अहिले प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १५, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?