कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर — टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार सूर्यविनायक नगरपालिका–९ नलिन्चोकस्थित जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००३ प १२६६ नम्बरको स्कुटरले ओभरटेक गर्ने क्रममा टिपरको बायाँ साइडको चक्कामा ठोक्किएर दुर्घटना भएको थियो ।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

दुर्घटनामा परी काभ्रेपलाञ्चोक पाँचखाल–९ घरभई सूर्यविनायक–८ सिपाडोल बस्ने ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।


टिपरको ठक्करबाट सख्त घाइते श्रेष्ठको उपचारको क्रममा मध्यपुर अस्पताल नयाँ थिमिमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।


टिपर र टिपर चालक रामेछाप सुनपाती नगरपालिका–३ घरभई भक्तपुर–१ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई कारबाही थालिएको उनले बताए ।

प्रकाशित : असार ३, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?