२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

थपिए दुई ब्रुमर

काठमाडौँ — काठमाडौं महानगरभित्रका सडक सफा गर्न दुई ब्रुमर थपिएका छन् । चीनको छेदुङ नगरले महानगरपालिकालाई यी ब्रुमर प्रदान गरेको हो । यी ब्रुमर युरो ५ मापदण्डका रहेको र यिनको गति ९८ किलोमिटर प्रतिघण्टा रहेको महानगरको मेकानिकल शाखा प्रमुख प्रमोद डंगोलले जानकारी दिए । 

थपिए दुई ब्रुमर

दुवै ब्रुमरको इन्जिन क्षमता १ सय ५५ किलोवाट र ब्रुमर इन्जिनको क्षमता १५.८ मेट्रिक टन रहेको डंगोलको भनाइ छ । डिजेलले चल्ने यिनमा पातपतिंगर संकलन गर्न सक्ने क्षमता छ ।


पहिले पानी छर्केर मात्र फोहोर तान्ने ब्रुमरले ७ घनमिटर धूलो संकलन गर्छ भने ९ घनमिटर पानी बोक्छ । भन्सारबाहेक यी दुवैको मूल्य २ करोड २७ लाख ३ सय ७२ रुपैयाँ हो । महानगरसँग हाल भएका ५ सहित ब्रुमर ७ वटा पुगेका छन् ।

प्रकाशित : असार २, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?