१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हनुमन्ते कोरिडोर दोस्रो चरणमा

भक्तपुर — अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले हनुमन्ते करिडोर निर्माणको दोस्रो चरणको कार्यक्रम सुरु गरेको छ । 
जगाती पुलदेखि मनोहरा नदी दोभानसम्मको करिब ११ किलोमिटर दूरीमा करिडोर निर्माण गर्ने समितिको लक्ष्य छ ।

करिडोरको निर्माणको पहिलो चरणमा राधेराधे पुलदेखि नयाँ थिमि पुलसम्मको २.८ किलोमिटर दूरीमा करिडोर निर्माणको कार्य भइरहेको छ । करिब ६ महिनाअघि सुरु भएको करिडोर निर्माणको ५५ प्रतिशत कार्य सम्पन्न भइसकेको समितिका उपप्रमुख इन्जिनियर योगेन्द्र चित्रकारले बताए ।


नदीको दायाँबायाँ ८/८ मिटर कालोपत्रे सडक, फुटपाथसहितको बगैंचा निर्माण गरिने उनले बताए । २.८ किलोमिटर हनुमन्ते करिडोर निर्माणका लागि ६९ करोड ७० लाख रुपैयाँको लागतमा पीएस गोल्डेन गुड/समानान्तर जेभीले जिम्मा पाएको छ । वर्षात् अघि खोलामा थुप्रिएको माटो हटाउने र वर्षा सकिनेबित्तिकै सडकको कार्य गर्ने समितिले जनाएको छ ।


दोस्रो चरणमा सल्लाघारी पुलबाट राधेराधे पुलसम्मको करिब १२ सय मिटर (दायाँबायाँ २.१ किलोमिटर), चारदोबाटो पुलदेखि बालकोट/कौशलटार पुलसम्म २.९ किलोमिटर (दायाँबायाँ ५ किलोमिटर) करिडोर निर्माणको तयारी भएको समितिले जनाएको छ ।

प्रकाशित : असार १, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?