माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु 

भक्तपुर — मध्यपुर थिमि-६ कुण्डोलस्थित घरको जग हाल्ने क्रममा माटोको ढिस्कालेले पुरिएर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार मङ्गलबार दिउँसो सिन्धुपाल्चोक सुनखानी गाउँपालिका-५ घरभई कुण्डोलस्थित अम्मरबहादुर पराजुलीको घरको जग हाल्ने क्रममा ढिस्कोले पुरिएर पुरानो थिमि बस्ने ३५ वर्षीया रोजनी खड्काको मृत्यु भएको छ ।

ढिस्कोले पुरिएर सख्त घाइते खड्काको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।


घटनामा सिन्धुपाल्चोक सुनखानी-५ का ३८ वर्षीय दावा तामाङ घाइते भएका छन् । घाइतेको मध्यपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ २८, २०७६ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?