तीनकुनेबाट स्वचालित पेस्तोलसहित १ जना पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले स्वचालित जापनिज पेस्तोल सहित साङ्गे शेर्पालाई तीनकुनेबाट पक्राउ गरेको छ । पक्राउ लगत्तै प्रहरीले उनको बौद्धस्थित कोठामा पनि छापा मारेको थियो । तर प्रहरीले उनको कोठाबाट केही भेटाएन् ।

प्रहरी परिसर काठमाडौंले उनको लुटपाट र भाडामा हतियार दिने घटनामा संग्लनता भएको हुनसक्ने आशंकमा थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७६ १४:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार मध्यान्ह १२ बजेर ५ मा १५ मिनेटका लागि स्थगित  प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबार बिहान ११ बजे बोलाइएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो। संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने कांग्रेसको अडान थियो।

सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटक पटक बैठक चलाउन खोजेपनि प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो। निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मंगलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ। सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो।

प्रकाशित : जेष्ठ २७, २०७६ १३:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT