कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

व्यवस्थापन र प्रविधि अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ — मेगा नेसनल कलेजको आयोजनामा व्यवस्थापन र प्रविधिका सम्भावना तथा चुनौती विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आइतबार सम्पन्न भएको छ । कुमारीपाटीस्थित कलेजको प्रांगणमा सुरु भएको दुईदिने सम्मेलनको उद्घाटन नेपाल सरकारका सचिव पदमप्रसाद पाण्डेले गरे ।

व्यवस्थापन र प्रविधि अन्तर्राष्ट्रिय सम्मेलन

सम्मेलनमा भारत, चीन, बेलायत, फ्रान्स, जर्मनी र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्राध्यापक सहभागी थिए । कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले निजी क्षेत्रबाट व्यवस्थापन र प्रविधिका विषयमा खोजअनुसन्धानको प्रयास थालिएको बताए ।


‘निजी शिक्षण संस्थाको अगुवाइमा राष्ट्रलाई नै उपयोगी हुने व्यवस्थापन र प्रविधिसम्बन्धी सम्मेलन आयोजना गरिएको हो । यसले प्रत्यक्ष रूपमा २५ सय विद्यार्थी मात्रै होइन, समग्र राष्ट्रलाई नै फाइदा पुर्‍याउनेछ,’ उनले भने ।

कार्यक्रममा कलेजको अनुसन्धानमूलक ‘जर्नल अफ मेगा एकेडेमिक रिसर्च’ विमोचन गरिएको थियो ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?