१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

तेलकोट-भट्टेडाँडा सडक नामकरण

भक्तपुर — चाँगुनारायण नगरपालिकाले तेलकोट-भट्टेडाँडा सडक स्वर्गीय हरिशरण लामिछाने (हरिगुरू) मार्ग नामकरण गरेको छ । 
२०७५ वैशाख ३१ मा मस्तिष्काघातका कारण निधन भएका भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्य हरिशरण लामिछाने (हरिगरू) को सम्मानमा तेलकोट-भट्टेडाँडासम्मको ७ .५८ किलोमिटर सडकको नाम हरिगुरू मार्ग नामकरण गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

केन्द्रीय सरकारको २ करोड ८५ लाख र चाँगुनारायण नगरपालिकाको ५ करोड ६१ लाख रुपैयाँ गरी ८ करोड ४७ लाख रुपैयाँ लागतमा उक्त उक्त मार्गको २ महिनाभित्र कालोपत्रे सक्ने नगरप्रमुख मिश्रले बताए । मंगलबार हरिगुरू मार्गको नामकरण तथा शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् ।


उक्त मार्गको शिलान्यास गर्दै मन्त्री पोखरेलले विकासको काम कुनै पार्टी विशेषको नहुने भएकाले सबै पार्टी मिलेर विकास र समृद्धिको अभियानमा एकजुट हुनुपर्ने बताएका छन् । कार्यक्रममा मन्त्री पोखरेलले सरकारले देशको विकास र समृद्धिको आधार निर्माण गरिसकेकाले आर्थिक वर्ष ०७६/७७ विकासको वर्ष हुने उल्लेख गरे ।


देश संघीयतामा गइसकेकाले प्रदेश र स्थानीय सरकारलाई आफ्नो अधिकारको पूरा उपयोग गर्नसमेत दुवै तहका सरकारलाई आग्रह गर्न भ्याए ।

प्रकाशित : जेष्ठ १, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?