१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

त्रिवि भौतिकशास्त्र विभागमा तालाबन्दी

काठमाडौं — विद्यार्थीले त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागमा तालाबन्दी गरेका छन्  । गत पुसमा भएको स्नातकोत्तर तह भौतिकशास्त्र पुरानो पाठ्यक्रममा आधारित परीक्षामा नयाँमा आधारित प्रश्नपत्र सोधिएपछि परीक्षार्थीले बीचैमा बहिष्कार गरेका थिए  ।

उक्त विषयको परीक्षा पुनः हुनुपर्ने माग डिन कार्यालयले बेवास्ता गरी नतिजा प्रकाशन गरेको भन्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको हो ।

विभाग प्रमुख विनिल अर्यालले प्रश्नपत्रमा गडबडी भएको तर तालाबन्दी गर्नुपर्ने परिस्थिति नरहेको बताए । 'पुराना कोर्स ब्याकपेपरको परीक्षा थियो, नयाँ कोर्सबाट केही प्रश्न परेछ,' उनले भने, 'देशभरि करिब सय जना परीक्षार्थी थिए भने उपत्यकाको ताहाचल केन्द्रका २० जनाजति विद्यार्थीले बहिष्कार गरेको भन्ने छ । नतिजा प्रकाशन भइसकेपछि तालाबन्दी गरेका छन् ।' ब्याकपेपरको अर्को परीक्षा लिनुको विकल्प नरहेको उनले बताए ।

प्रकाशित : वैशाख १८, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?