गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कार श्रेष्ठलाई

कान्तिपुरकर्मी मिश्र पुरस्कृत

काठमाडौँ — रिपोर्टर्स क्लब नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरेको छ । क्लबद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरे ।

प्रधानसम्पादक श्रेष्ठ अस्पतालमा उपचाररत रहेकाले पुरस्कार समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दीपक रिजालले लिएका थिए । क्लबले मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार रिपब्लिका दैनिकका प्रधानसम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रूपमा प्रदान गरेको छ । उक्त पुरस्कारको राशि जनही ५०/५० हजार रुपैयाँ छ ।


क्लबले २५ हजार रुपैयाँ राशिको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका राजेश मिश्रलाई प्रदान गरेको छ । २५ हजार रुपैयाँ राशिको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरिएको छ । सहिद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कार डिल्ली बसेल, रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार सन्तोष न्यौपाने, क्रियाशील युवा पत्रकारिता पुरस्कार राजधानी दैनिकका समाचार सम्पादक "ुव लम्साल र क्रियाशील महिला पत्रकारिता पुरस्कार उषाकिरण कँडेललाई प्रदान गरिएको छ ।


प्रकाशित : चैत्र १७, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?