फर्निचर उद्योगमा आगलागी, छ घण्टा पछि नियन्त्रणमा

भक्तपुर — मध्यपुरथिमि नगरपालिका-३ कौशलटार डाँफेटोलस्थित एक फर्निचर उद्योगमा आगालागी भएको छ । प्रहरीका अनुसार स्थानीय राजु श्रेष्ठले संचालन गरेको श्रेष्ठ फर्निचर उद्योगमा अचानक आगलागी हुँदा उद्योग जलेर पूर्णरुपमा क्षति भएको छ । 

फर्निचर उद्योगमा आगलागी, छ घण्टा पछि नियन्त्रणमा

उद्योगसँगैको श्रेष्ठको चारतले पक्की घर, स्थानीय प्रदिप सिलवालको चार तले पक्की घर, स्थानीय दुर्गा श्रेष्ठको घर कम्पाउण्डको टहरामा मंगल श्रेष्ठले संचालन गरेको कुल्फी उद्योगमा समेत आंशिक क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले बताए ।

आइतबार राति ११ बजे सुरु भएको आगालागी नियन्त्रणका लागि प्रहरी ६५, सेनाको वीरदल गण सूर्यविनायकबाट ६५ जना, सशस्त्र प्रहरी गण दुवाकोटबाट ३५ सुरक्षाकर्मी, स्थानीय, काठमाडाैं, ललितपुर, भक्तपुर, नेपाली सेना र नेपाल प्रहरीको ७ वटा दमकल, स्थानीय खानेपानीका पानी ट्याङ्करको सहयोगमा करिब ६ घण्टामा आगो नियन्त्रण भएको भक्तपुर प्रहरी प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताए ।


केमिकल र काठको भुसबाट धुँवा आइरहेकाले २ वटा दमकल घटना स्थलमै तयारी अवस्थामा राखिएको उनले बताए । क्षतिको पूर्ण विवरण आउन बाँकी भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन २०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?